Ads

मधेस प्रदेस : नाम र राजधानी सम्वन्धमा किन गरेनन पाँच सांसदले मतदान ?


काठमाडौं । कुनै पनि महत्वपूर्ण घटना अथवा परिवर्तनकारी कामको साक्षि बस्नु आफैमा ऐतिहासिक काम हुन्छ । चाहे त्यो राजनीतिक घटना होस चाहे सामाजिक घटना । प्रदेशन नं.२को नाम र स्थायी राजधानीका बारेमा सोमबार जनकुपुरमा मतदान हुदै थियो । जुन संघीय संरचनामा देश गइसकेपछिको महत्वपूर्ण काम थियो । सोमबार २ नं. प्रदेशले स्थायी राजधानी र नाम टुङगो लगायो । प्रदेश सभामा मतदान भएर उक्त काम भएको थियो । तर प्रदेश सभाका पाँच जना सांसद भने उक्त ऐतिहासिक कामबाट टाढै रहेका छन् । १०४ सदस्य प्रदेश सभाका पाँच जना सांसदहरु भने उपस्थित नै भएनन् ।

प्रदेश सांसद निर्वाचित भएको झण्डै चार वर्षपछि सोमबार प्रदेशसभामा मतदान गरेर प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम जुराउन ईतिहाइ बढीले सफल भए।

यस्तो महत्वपूर्ण दिनमा नेकपा एकीकृत समाजवादी पार्टीका २, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका १, १ जना सांसद भने मतदानमा अनुपस्थित भए ।

प्रदेशसभाको मतदानमा अनुपस्थित हुने सांसदहरुमा नेकपा (एस) का डिल्लीप्रसाद उप्रेती र गोविन्दबहादुर न्यौपाने, जसपा सांसद डा. रीना यादव, नेपाली कांग्रेस सांसद शोभा लामा र एमाले सांसद अनिता कुमारी यादव छन्।

सर्लाही निर्वाचन क्षेत्र ३ (क) बाट निर्वाचित नेकपा (एस) का सांसद उप्रेती क्यान्सर पीडित छन्। उनी दिल्लीमा उपचाररत छन्। त्यहीकारण उनी मतदानमा भाग लिन नसकेको बताइएको छ । अर्का सांसद सप्तरी निर्वाचन क्षेत्र ४ (क) का न्यौपाने छोरो बिरामी भएकाले मतदानमा भाग नलिएका बताइएको छ ।

महोत्तरीबाट जसपाकी समानुपातिक सांसद डा. रीना यादव अस्वस्थताको कारण उपस्थित हुन नसकेको बताइन्।

ुस्थायी राजधानी र नाम जुराउन मतदान गर्न इच्छुक थिएँ। तर, दुई दिनदेखि अस्वस्थ्य छुु, उनले भने, ुकोभिड संक्रमणको लक्षणका कारण घरमै उपचार गराइरहेकी छु। त्यसकारण मतदानमा भाग लिन सकिनँ। यद्यपि नाम र राजधानी पारित गर्न सकेकोमा सबै प्रदेशवासीलाई बधाई छ।ु

धनुषाबाट एमाले समानुपातिक सांसद अनिता यादवले पनि आफू एक हप्तादेखि अस्वस्थ्य रहेकाले सहभागी हुन नसकेको बताइन्।

बाराकी कांग्रेस समानुपातिक सांसद शोभा लामा आमाको उपचारका क्रममा भारतमा छिन्।

आमाको उपचार गराउन भारत गएको कारण प्रदेशसभाको मतदानमा भाग लिन नसकेको कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू