काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सबै क्षेत्र प्रभावित हुँदै गएका छन् ।
पछिल्लो पटक प्रभावित भएको छ-पशुपति क्षेत्र पनि ।
कोरोना महामारी बढ्दै गएपछि पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण काम बन्द गरिएको छ ।
आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार अर्को सूचना जारी नभएसम्म नित्य पूजा मात्रै हुने जनाएको छ ।
हेर्नोस् सूचना
प्रतिक्रिया दिनुहोस्