Ads

राजनीतिक समन्वय समितिको बैठक आज बस्दै, स्थानीय निर्वाचन मुख्य एजेण्डा


काठमाडौँ । राजनीतिक समन्वय समितिको नियमित बैठक आज(बिहिबार) बस्ने भएको छ । सरकार सञ्चालनमा सहयोग गर्न गठित समितीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने भएको हो ।

बैठकमा निर्वाचनको विषयलाई केन्द्रित गरेर छलफलका गर्ने समितीले जनाएको छ । तीनै तहका निर्वाचन समयमै गर्ने तयारी, निर्वाचन ऐन संशोधन तथा स्थानीय निकायको निर्वाचन गरेर मात्रै संसद र प्रदेशसभाको निर्वाचन गर्ने लगायतका विषयहरु बैठकका मुख्य एजेण्डा रहेका छन् ।

केही दिन अघि स्थानीय तहको चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको हो । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएपछी सोही सुझाव अनुसार गत मंगलबार बैठक बसेको थियो । सो बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएपनि आज थप छलफल हुने बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू