Ads

पाँच दलीय सरकार सञ्चालन समन्वय समितिको बैठक स्थगित


काठमाडौं । पाँच दलिय सरकार सञ्चालन समन्वय समितिको बैठक स्थगित भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको समन्वय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्न तय भएको बैठक आन्तरिक तयारी नपुगेको भनेर स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू