Ads

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धनका शीर्ष नेताले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो ।

भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

छलफलमा शीर्ष नेताले शुक्रबार अपरान्ह ४ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू