Ads

सत्तारुढ गठबन्धनको समन्वय समिति बैठक आज बस्दै


काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय सरकार सञ्चाल समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्ने छ। सरकार सञ्चालन र आगामि निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बस्ने छ ।

सत्ता गठबन्धनभीत्र नै स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संघीय चुनाव अगाडि गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

शीर्ष नेताहरुबीच यस विषयमा सहमति नभएकाले विहीबार बोलाइएको समन्वय समितिको बैठक स्थगित गरिएको थियो । उक्त बैठक स्थगित भएपछि विहीबार साँझ प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो । सोही भेटवार्तापछि समन्वय समितिको बैठक अपरान्ह ४ बजे बोलाइएको हो ।

Ads

सम्बन्धित पोष्टहरू