काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक बहालवाला मन्त्रीले ‘गौर नरसंहार’ दोहोर्याउने अभिव्यक्ति दिइरहँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नबोलेर गठबन्धनको बन्दी बनेकै हुन भनेर प्रश्न गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने धम्की दिँदा पनि प्रधानमन्त्री देउवा सो विषयमा नबोलेको भन्दै पोखरेलले आपत्ति प्रकट गरेका हुन् ।
पोखरेलले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, ‘गठबन्धनकी एउटी नेतृ–वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन्, विगत गौर नरसंहारमा पीडित हुँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हुँ भन्ने केही बोल्छन्( बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’
मन्त्री यादवले बुधवार रौतहटको गौरमा आयोजित कार्यक्रममा हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी थिइन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने धम्की दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्