काठमाडौं । पाँच दलिए सत्ता गठबन्धनको शुक्रबार अपरान्ह ४ बजे बस्ने भनिएको बैठक एक घण्टा पछि सरेको छ । बैठकमा सरकार सञ्चालन समन्वय संयन्त्रका संयोजक रामचन्द्र पौडेलसहितका नेताहरु पनि सहभागी हुनेछन्।
४ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कार्यकाल ६ महिना पुगेको अवसरमा दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएपछि बैठक सरेको बताइएको छ ।
प्रधानमन्त्री देउवा राष्ट्रका नाममा सम्बोधन गर्ने पछि गठबन्धन र संयन्त्र बैठक एक घण्टालाई सारिएको हो।
यो बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन्।
यो बैठकमा आगामी वैशाख–जेठमा स्थानीय तह वा प्रतिनिधिसभा निर्वाचन गर्नेबारे निर्णय हुने बताइएको छ ।
मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले वैशाख–जेठमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए।
त्यसलाई लिएर बिहीबार प्रचण्ड, देउवा र माधव नेपाल पनि वार्तामा बसेका थिए।
प्रतिक्रिया दिनुहोस्