Ads

काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित


काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्ला अधिवेशन स्थगित गरेको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको थियो ।

अहिले फेरि कोरोनाका कारण स्थगित गर्नु परेको बताएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ ।

कांग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्ला रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू