काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले शनिबार बिहान ९ बजेका लागि सर्वंदलीय बैठक बोलाएका हुन् ।
यसअघि नेकपा एस सम्मिलित सर्वदलीय बैठक बहिस्कार गरेको एमालेले शनिवारको बैठकमा के गर्ला ? एमाले श्रोतका अनुसार यसबारे पार्टी शीर्षतहमा छलफल भइरहेको छ ।
एमालेले यसअघि सर्वदलीय बैठक बहिस्कार गर्दै आएपछि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले बालकोटमै गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए ।
आफूले कारवाही गरेका सांसदहरुलाई यथावत राख्दै सभामुखले संरक्षण गरेको भन्दै एमालेले सरकारले बोलाएका बैठक तथा संसद समेत अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्