काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिन पहिला कोकोरोना पुष्टि भएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार जारी राखिको छ ।
दाहाललाई तीनपहिलादेखि अस्पतालमा भर्ना गरेर उपचार जारी रहेको पारिवारिक स्रोतले जानकारी दियो । स्रोतका अनुसार शनिबार अक्सिजन कमभएपनि आइतबारबाट स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी बाट लामो समयदेखि पीडित छिन् ।
प्रतिक्रिया दिनुहोस्