काठमाडौं । १२ गते माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने छ ।
मौन अवधिमा उम्मेदवार र उनको पार्टीले निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाउदैनन् । साथै मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना प्रचार प्रसार सामग्री र निर्वाचन चिन्ह हटाउनु पर्छ ।
उम्मेदवारले एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने भन्दै आयोगले उल्लिखित आचरणहरु पालना गर्न गराउनका लागि सबैसँग अनुरोध गरेको छ ।
यसैगरी निर्वाचन प्रयोजनका लागि मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको आयोगले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्