Ads

टेकु अस्पतालका स्वास्थ्यकर्मी कोराना संक्रमित, खोप कार्यक्रम स्थगित


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरु कोभिड–१९बाट सक्रमित भएपछि खोप कार्यक्रम पनि बन्द गरीएको छ । अस्पतालले विज्ञप्ती निकालेर कोभिड–१९बाट अस्पतालका स्वास्थ्यकर्मी सक्रमित हुदा कोभिड–१९ विरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको जनाएको छ ।

आइतबार अस्पतालले सूचना जारी गर्दै माघ १० गतेदेखि १६ गतेसम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि स्थगित गरिएको अस्पतालले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू