Ads

एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी ?


चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसरी पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत विहारका शशिभूषण सिंह र भारत विहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीस्थित परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो ।

ब्यूरोले आज एक सूचना जारी गरी उक्त परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू