Ads

एमाले केन्द्रीय सल्लाहकार परिषदले भन्योः राज्यका सबै अंग अस्तव्यस्त


काठमाडौं । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदले राज्यका सबै अंग अस्तव्यस्त रहेको ठहर गरेको छ ।

मंगलबार परिषद अध्यक्ष अमृतकुमार बोहराले एक विज्ञप्ती जारी उक्त कुरा बताएका छन् । बोहराले विज्ञप्तीमा भनेका छन् ‘राष्ट्र र जनताको सरोकारका सवालमा सरकार ज्यादा अनुत्तरदायी रहेको । यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ । राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त छन् । आम जनता महंगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरु आइरहेका छन् ।’

विज्ञप्तीमा भनिएको छ, ‘औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्तैनन् । सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा ९एमाले० विरुद्ध षड्यन्त्रमा केन्द्रित छ । यस्तो अवस्थामा हामी राजनीतिक तथा वैचारिक रुपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी छ । विरोधीहरुले फैलाएको भ्रमहरुलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्दछ ।’

विज्ञप्तीान नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन पछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय सल्लाहकार परिषद्को नीतिगतरुपमा गठन गरिसकेकाले अन्यौलमा नपर्न पनि अपिल गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू