काठमाडौं । सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधि सहज उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सिटामोल लगायतका अत्यावश्यक औषधि उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश दिएका हुन्।
अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै यस्तो आदेश आएको हो ।
आदेशमा भनिएको छ,”अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र प्यारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरूबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोललगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु।”
प्रतिक्रिया दिनुहोस्