सोलुखुम्बु।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बु जिल्ला समन्वय कमिटीको अध्यक्षको जिम्मेवारी युवा नेता असिम राईले प्राप्त गरेका छन्।
माओवादी केन्द्र प्रदेश नं १ कमिटीको मंगलबार सम्पन्न बैठकले राईलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। राई गत स्थानीय तह निर्बाचनबाट निर्बाचित जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष समेत हुन। यस अघि जिल्ला समन्वय कमिटी सचिब रहेका थिए ।
यसअघि जिल्ला समन्वय कमिटीको अध्यक्ष गोम्बु शेर्पा कर्ज्याङु थिए। उनी केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुने सम्भावना रहेकोले जिल्ला नेतृत्व परिवर्तन भएको उक्त पार्टी श्रोतको भनाई छ ।
रिक्त सचिब पद भने जिल्ला समन्वय कमिटीको बैठकले पूर्ति गर्ने माओवादी केन्द्रले जनाएको छ।
बैठकले जिल्लाको सह-इन्चार्जको जिम्मेवारी ठमनाथ पराजुली (ध्रुबू)लाई दिएको छ। इन्चार्ज भने संघीय सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य हेमकुमार राई सुरबीर छन्।
प्रतिक्रिया दिनुहोस्