काठमाडौँ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो भने १० वर्षमा २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको हो ।
आज सार्वजनिक गरिएको जनगणनाको कुल जनसंख्यामा १ करोड ४९ लाख १ हजार १ सय ६९ महिला र १ करोड ४२ लाख ९१ हजार ३ सय ११ पुरुष रहेको केन्द्रिय तथ्यांक विभागका सुचना अधिकारी तिर्थ राज चौलागाईले बताएका छन् ।
जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा बसोबास गरेको पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा रहेका छन् ।
पहिले १ प्रतिशत भन्दा बढी जनसंख्या वृद्धिदर रहेकोमा अहिले घटेर ०.९३ प्रतिशत मात्र रहेको छ । ६८ सालमा लैंगिक अनुपात ९४.१६ थियो भने यो वर्षको गणना अनुसार ९५.९१ रहेको छ । दुई चरणमा गरिएको जनगणनामा ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्