Ads

आहा रारा : सेमिफाइनल खेल आज हुदै


काठमाडौँ । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज(बुधबार) पहिलो सेमिफाइनल खेल हुने भएको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब भिड्ने छन् । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखी सेमिफाइनल खेल सुरु हुनेछ ।

यस खेलको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने विजेता टोलि सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यस प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् भने यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

Ads

सम्बन्धित पोष्टहरू