Ads

सिके राउतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन


काठमाडौं । मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् ।

हाता भाटा लौरा बोकेर प्रदर्शनमा उत्रेका छन् । सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।

प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेको बताइएको त छ ।

जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी पनि तोडफोड गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जानेक्रममा जनकपुरमा गाडी तोडफोड गरिएको हो । सोक्रममा मेयर गणेश प्रसाई घाइते भएका छन् ।

सीके राउतका कार्यकर्ताहरूले प्रदेश २.०३ ००९०५ ००२० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । गाडीको सिसामा लाठी प्रहार गर्दा मेयर गणेश प्रसाईलाई चोट लागेको छ । उपमेयर रेनुका पौडेललाई भने केहि नभएको जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू