काठमाडौँ । दक्षिण सुडानको जान्गेली राज्यमा जातिय दंगा हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । दुई जातिबीचको दंगाबाट ३२ जनाको ज्यान गएको उक्त राज्यको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहले अक्रमण गरेपछि दंगा सुरु भएको हो । धेरै संख्यामा मानिसहरु घाइते भएका छन् । दक्षिण सुडान र पिबोर राज्यमा स्थानीय जातीय समुदायबीच पटक पटक हुने हिंसामा परेर कैयौँ मानिसको ज्यान जाने गरेको छ ।
लामो समय देखी भड्किरहेको जातिय हिंसाबाट दक्षिण सुडानका नागरिक चिन्तित बनेका छन्
प्रतिक्रिया दिनुहोस्