काठमाण्डौ । नेकपा (माओबादी केन्द्र) सोलुखुम्बुका अध्यक्ष असिम राईले अर्को महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी पाएकै दिन राई संघ,प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२(१) बमोजिम गठित बिषयगत समितिमा मनोनयन भएका छन् ।
मंगलबार मन्त्रीस्तरीय निर्णय अनुसार उनले उक्त जिम्मेवारी पाएका हुन् ।
अर्थमन्त्रीको अध्यक्षतामा गठित उक्त समितिमा सबै प्रदेशका आर्थिक मामिला मन्त्री र स्थानीय तहका प्रतिनिधि सदस्य रहने ब्यवस्था छ ।
सातवटै प्रदेशका आर्थिक मामिला मन्त्री सदस्य रहेको समितिमा गाउँपालिकाको तर्फबाट प्रतिनिधित्व गर्ने उनी मात्र छन् ।
एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी पाएका राईले खबरपोष्टसंग कुरा गर्दै प्राप्त जिम्मेबारीलाई कुशलतापूर्वक बहन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्