विराटनगर। राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पा प्रतिष्पर्धामा उत्रिनु भएको छ ।
निर्वाचनका लागि आज मतदान भइरहेको छ ।
२०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका बराल मदन भण्डारीसँग निकट रहेर काम गरेका नेता हुनुहुन्छ ।
भण्डारी झापाको महिला आन्दोलनकी अगुवा तथा शेर्पा सोलुको नाम्चेमा रहेर वन, पर्यावरण र महिला सशक्तिकरणमा काम गरेका व्यक्तित्व हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्