Ads

मधेस प्रदेशको जनसंख्या उच्च, वृद्धिदर लुम्बिनीमा धेरै


काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा मधेस प्रदेश सबैभन्दा जनसंख्या रहेको छ । जसमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जनसंख्या छ । जुन समग्रको क्रमशः २०.९९ र ५.८१ प्रतिशत हो ।

जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ ।

मधेस प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम वृद्धिदर गण्डकीमा छ ।

विभागका अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१, बागमतीमा ६० लाख ८४ हजार ४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५ र सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २७० जनसंख्या छ ।

जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ । अघिल्लोपटक यो एक प्रतिशतभन्दा बढी थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसंख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसंख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू