Ads

राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा मतगणना सुरू


काठमाडौँ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लाका ८१ प्रदेशसभा सदस्य, १ सय ९ स्थानीय तहका प्रमुख र २ सय १५ उपप्रमुख गरी २ सय ९६ मतदाता रहेका थिए ।

गठबन्धन तर्फबाट बाकेँका काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे, रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार बिच प्रतिष्पर्धा रहेको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदान सकिएलगत्तै मतगणना सुरु भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू