जनकपुरधाम । राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट माओवादीबाट उर्मिला अर्याल र जसपाबाट खालिद सिद्दिकीले जित हासिल गरे ।
अर्याल ६१५६ मतभार ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रूपा कुमारी यादवले २७५४ मतभार प्राप्त गरिन् । यादव लोसपाकी उम्मेदवार थिईन् । उनलाई एमालेले पनि सघाएको थियो ।
यसैगरि जसपाका खालिद सिद्दिकी ६६७८ मतभारका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उसमान अन्सारी २७६६ मतभार ल्याएर पराजित भए ।
प्रतिक्रिया दिनुहोस्