Ads

राष्ट्रियसभा: बागमती प्रदेशमा पाैडेल र तिमिल्सिना विजयी


हेटौँडा। राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ ।

बुधबार मतदान भएको अन्य समुहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र महिला समुहतर्फ नेकपा (एकीकृत समाजवादी) का गोमादेवी तिमिल्सिना निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले पौडेल र तिमिल्सिना विजयी भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
पौडेलले चार हजार ७९४ मतभार र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका गोपाल शाक्ले चार हजार ३४४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै तिमिल्सिनाले चार हजार ८२४ र उहाँका निकटम प्रतिद्धन्द्धी एमालेका निरकुमारी कुँवर चार हजार ३६२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा प्रदेश सभाका १०६ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३७ जना गरी ३४३ जनाले मतदान गरेका थिए । प्रदेश सभातर्फ खसेको मतको एक र स्थानीय तहतर्फको दुई मत बदर भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू