Ads

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गदै प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ ।

मन्त्रीको गृह जिल्ला सप्तरीका रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् ज्ञापन पत्र बुझाएका छन् ।

मन्त्री यादवले माघ ५ गते रौतहटमा बलिदान दिवसको दिन जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् । उक्त अभिव्यक्तिको चारै तिरबाट आलोचना हुनुको साथै पदबाट राजीनामा दिनु पर्ने माग उठिरहेको छ । उनको अभिव्यक्तिले मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख भएको बताइएको छ।

मन्त्रीको उक्त अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउन ज्ञापन पत्रमा माग गरिएको छ ।

हामी लोकतन्त्रमा विश्वास गर्ने, बिमति राख्नेलाई सम्मानपूर्वक आफ्ना विचारलाई सही दिशामा अगाडि बढाउँदै जनमत निर्माण गरी आफू सही रहेको र बिमतिलाई सहमतिमा परिवर्तन गर्नेमा विश्वास गर्ने भएकोले राजनीतिमा अपराधको ठाउँ नहुनेमा विश्वास गर्ने भएकाले आफ्नो जिम्मेवारी र जनताप्रतिको दायित्व सम्झी यो ज्ञापन बुझाइएको सभासद कर्णले बताएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू