Ads

भूमिआयोग चितवनले माघ १८ गतेदेखी काम सुरु गर्ने


काठमाडौँ । राष्ट्रिय भूमि आयोग चितवनले लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले यही माघ १८ गतेबाट भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न भएको छ ।

भूमि आयोग चितवनले माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम सुरु गर्न लागेको हो । प्रत्येक वडामा ६ जना प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुनेछन् । भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको मागका लागी निवेदन दिइसकेका छन् ।

काम सुरु गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइ गर्ने र वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू