Ads

बैशाखमा निर्वाचन गर्नु पर्ने भन्दै आयोग पदाधिकारीले प्रधानमन्त्री भेट्दै


काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको छ । तर सत्ता गठबन्धन भने संविधान र कानून बाझिएको बताउदै आएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखमा नै गर्नु पर्ने भन्दै आयोगले दुई पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराइ सकेको छ । तर पनि सत्ता गठबन्धन निर्वाचनका विषयमा एकमत हुन सकेको छैन । आज बिहीबार पनि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसै साता विज्ञप्तिसमेत जारी गरेर बैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ ।

आयोगले दुई पटक सरकारको ध्यानाकर्षण गरेको छ । जनप्रतिनिधिहरूको कार्यकाल सकिनु पूर्व नै स्थानीय तहको चुनाव हुनुपर्छ र त्यसका लागि तत्कालै मिति तोकिनु पर्ने अडानमा आयोग रहेको छ ।

निर्वाचन आयोगले यसअघि वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्ने मिति सरकारलाई प्रस्ताव गरेको थियो । त्यसपछि जारी विज्ञप्तिमा १२० दिन अगावै मिति तोकिनुपर्ने भन्दै बैशाखभित्रै गर्ने गरी मिति तोक्न भनिएको छ ।

तर, सत्ता गठबन्धन दलहरू भने स्थानीय तहको चुनाव अर्को हिउँदमा गर्ने गरी पछि सार्ने प्रयासमा लागेका छन् । विपक्षी नेकपा एमाले निर्वाचन आयोगले तोकेकै समयमा चुनाव हुनुपर्ने पक्षमा छ भने नेपाली कांग्रेस भित्रपनि एक पाक्ष बैशाखमै चुनाव हुनुपर्ने पक्षमा छ ।

 

Ads

सम्बन्धित पोष्टहरू