काठमाडौं । सरकारी चिकित्सक संघ नेपालले आज(बिहिबार) विज्ञप्ति जारी गर्दै डाक्टर सतिश साहलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट साहलाई स्वास्थ्य काम विशेषले अस्पतालको गाडीमा सवार रहेका बेला बुधबार जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेको संघको भनाई छ ।
गाडी रोकेर डाक्टर साहको टाउको र अनुहारमा चोट पुग्ने गरी कुटपिट गरेको घटनाप्रति चिकित्सक संघले विरोध जनाएको हो ।
संघका अध्यक्ष डा रविन खड्का र महासचिव डा कितिपाल सुवेदीले आज विज्ञप्तिमा जारी गर्दै संघले आफूहरूका माग पूरा नभए विरोधका थप कार्यक्रम ल्याउन सक्ने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्