काठमाडौं । स्थानीय निर्वाचनबारे छलफल गर्नका लागी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
शुक्रबार भर्चुअल माध्यमबाट बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा र स्थानीय निर्वाचन बारे छलफल हुने बताइएको छ । कोरोना भाइरस संक्रमणका कारण भर्चुअल बैठक हुने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।
कोभिडको जोखिमप्रति सजग रहँदै राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले भर्चुअल बैठक बस्न लागेको महामन्त्री थापाको भनाई छ । आज निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री देउवाले छलफल गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्