काठमाडौँ । युक्रेनमा एक सैन्य कारखानामा गोली लाग्दा पाँच सुरक्षागार्डको मृत्यु भएको छ । आज(बिहिबार) डीनिप्रोस्थित पिभ्देन्मास मिसाइल फ्याक्ट्रीमा एक सैनिकले चलाएको गोलीबाट पाँच सुरक्षाकर्मीको मृत्यु भएको हो ।
युक्रेन गृह मन्त्रालयका अनुसार आक्रमणकारीले गोली चलाएर भागेकोे छ । भागेका सैनिकको खोजी कार्य भइरहेको र अहिले सम्म गोली चलाउनुको कारण खुल्न नसकेको प्रहरीले बताएको हो ।
रुसले करिब एक लाख सैनिक युक्रेनको सीमामा तयारी अवस्थामा राखेको छ । युक्रेनको सेना अहिले निकै संवेदनशील अवस्थामा रहेको बेला युक्रेनमा यस्तो आक्रमण भएको बताइएको हो ।
प्रतिक्रिया दिनुहोस्