काठमाडौँ । चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडीमा आक्रमण गर्नेलाई कारवाहिको माग गरेको छ ।
आज(बिहिबार) आफ्नो घरबाट कार्यालय जाने समयमा बिहान ११ बजे काँडाघारीमा अज्ञात समूहले गिरी सवार रहेको सरकारी गाडीमा ढुंगा प्रहार गरी आक्रमण गरेको हो । उक्त आक्रमणको घटनाप्रति भ्रत्सना गर्दै चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गरेर आक्रमणमा संगल्न व्यक्ति/समूहको पहिचान गरी कडा कारबाही गर्न नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।
आक्रमणबााट गाडीमा व्यापक क्षती पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्