काठमाडौँ । रुसले युक्रेनमाथि अक्रमण गरेमा अमेरिकाले ग्यास पाइपलाइनको ओपनिङ बन्द गर्ने चेतावनी दिएको छ । रुसका कारण युक्रेनले आक्रमण भोग्न परेमा पश्चिमी युरोपसम्म ग्यास पुग्ने रुसको महत्वपूर्ण पाइपलाइनको परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने जर्मनीका अधिकारीहरुको भनाई छ ।
रुसले युक्रेनमाथि हमला गर्नका लागी सीमामा लाखैँ संख्यामा सैनिक तयार गरेर राखेको भन्दै आक्रमण गर्ने योजना बनाइरहेको आरोप लागेपनि रुसले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले यदि रुसले युक्रेनमाथि कुनै पनि प्रकारको हमला गर्छ भने नर्ड स्टिम २ अघि बढ्न नदिने बताएका छन् भने जर्मनीले यो परियोजनामाथि प्रतिबन्ध लगाइदिन सक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्