काठमाडौं । शुक्रबार बिहान सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
शुक्रबार भएको भेटवार्तामा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
स्थानीय निर्वाचनका विषयमा छलफल भएपनि सहमतिबारे भने जानकारी नभएको बताए ।
यस्तै बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री बीचको छलफलका विषयमा पनि कुराकानी भएको बताइएको छ । बिहीबार प्रधानमन्त्री देउवालाई शीतल निवास बोलाएर राष्ट्रपतिले स्थानीय निर्वाचन समयमा नै गर्न सुझाव दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्