Ads

ललितपुर महानगरमा खोपको अभाव


काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई भेरोसेलको थप मात्रा खोप (बुस्टर) लगाउने कार्यक्रम स्थगित गरिएको हो ।

६० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई थप मात्रा खोप (वुस्टर) लगाउने कार्यक्रम तय भएपनि नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण वुस्टर डोजको रुपमा भेरोसेल खोप लगाउने कार्यकम स्थगित गरिएको महानगरले बताएको छ ।

महानगरले एक सुचना जारी गर्दै भेरोसेल खोपको अभाव भएपनि कोभिशिल्ड खोप उपलब्ध भएको जानकारी दिएको छ । कोभिशिल्ड दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई वडामा सम्पर्क गरेर कोभिशिल्डको बुस्टर डोज लगाउन महानगरले अनुरोध गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू