काठामाडौं । अन्तत:काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर-विजोर प्रणाली मध्यरातदेखि हट्ने भएको छ ।
उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोर-विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ । सो निर्णय आज मध्यरातिबाट नै लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
हेर्नोस प्रशाशनको आदेश ।
प्रतिक्रिया दिनुहोस्