काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेबारे छलफल हुने अनुमान छ ।
निर्वाचन आयोगको सिफारिस अनुसार बैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमति हुन्छ अथवा संविधान र कानून बाझिएको भन्दै कानून संशोधन गर्न तर्फ लाग्छ आजको बैठकले निर्णय गर्ने देखिन्छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।
स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ । तर संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच बर्षको हुने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्