Ads

नेपाल र मोरिसस बीचको पहिलो खेल आज, कोभिड–१९ प्रोटोकल अनुसार दर्शकलाई प्रवेश अनुमति दिने


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज(शनिबार) हुँदैछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटवल खेल खेल्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रगंशालाको कूल क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिने भएको छ । नेपाल सरकारको कोभिड–१९ प्रोटोकल अनुसार प्रवेश अनुमती दिने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गर्दे बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीलाई दुई टिममा समावेस गर्दा ९ जना नयाँ खेलाडीले समेत टिममा स्थान बनाएको बताएका छन् । एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरुप यो खेल खेल्न लागेकाले धेरै खेलाडीले अवसर पाएको पनि उनले बताए । फिफा वरीयतामा नेपाल १६९औं स्थान र मोरिसस १७२ औं स्थानमा रहेको छ ।

पौने पाँच बजेदेखी सुरु हुने खेल हेर्नका लागि सामान्य प्यारापीटतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू