Ads

मुलुकको परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्णः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली समाजको परिवर्तनमा प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् ।

माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै अध्यक्ष प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताएका छन् ।

मुलुकका हरेक परिवर्तनहरुमा सञ्चारक्षेत्रको विशेष भूमिका हुने भन्दै प्रचण्डले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका बिर्सन नहुने बताएका छन् ।

प्रेस सेन्टर आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विस्वस्त रहेको उनले बताएका छन् । उनले भनेका छन् ‘नेपाली समाजको अग्रगामी परिवर्तन र विगत प्रतिगमन विरुध्द को आन्दोलन मा प्रेस सेन्टरको भुमिका उल्लेखनीय रहेको छ। आगामी दिनमा पनि समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफुलाई उभ्याउनेछ भन्ने विस्वास लिएको छु।

 

Ads

सम्बन्धित पोष्टहरू