Ads

स्थानीय चुनावको मिति तोक्न सत्तागठबन्धनको बैठक सुरु


काठमाडौं । स्थानीय तह चुनावबारे छलफल गर्न सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक  दोस्रोपटक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ ।

पार्टीको काम विशेषले काठमाडौँबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएका हुन् ।

बैठकले स्थानीय तह चुनावको मिति तोक्नसक्ने पनि बताइएको छ ।

बिहान बसेको गठबन्धनकाे बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरुबीच सकारात्मक छलफल भएको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू