काठमाडौँ । नेपाल विद्यार्थी संघद्धारा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा गरेको तालाबन्दी आज(शनिबार) खोलिएको छ ।
विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर गरिएको तालाबन्दी आज पाँच बुँदे सहमती गरेर खोलिएको हो ।
नेविसंघले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सबै क्याम्पसको शूल्कमा एकरुपता ल्याउन माग गरेको थियो ।
कतिपय क्याम्पसले छात्रबृतिको नाममा २ देखि ५ लाखसम्म शुल्क उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्बन्धन खारेज गरेर कारवाही गर्न समेत माग गरेका हुन् । आज विभिन्न पाँच बुँदासहित सहमती गर्दै सम्पुर्ण विद्यार्थीहरुले सिम्याटको नतिजा प्रकाशन पछि www.tudoms.org बाट छात्रवृत्ति फारम प्रिन्ट गरेर आफूलाई मन पर्ने क्याम्पसहरुमा फारम भर्न पाउने भएका छन् । यदि कुनै क्याम्पसले छात्रवृत्तिको फारम लिन नमानेमा ती क्याम्पसहरुको नाम आफूहरुलाई दिन आन्दोलनरत नेविसंघ नेता दिपक ओझाले बताएका छन् ।
छात्रवृत्तिको नाममा सम्पुर्ण शुल्कको ५% मात्र तिर्ने र त्यो भन्दा बढी मागेको पाइएमा ब्यबस्थापन सन्कायको डिन कार्यालयलाई जान्कारी गराउन पनि आन्दोलनरत विद्यार्थीहरुले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्