काठमाडौं । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताए ।
मन्त्री कार्कीले बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको बताए ।
उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।
प्रतिक्रिया दिनुहोस्