Ads

मैत्रीपूर्ण खेलमा मरिससमाथि नेपालको जित


काठमाडौं ।
विमल घर्ती मगरले गरेको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० गोलले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा गोल गरेका थिए ।

उनले अन्जन विष्टको पासलाई गोलमा परिणत गरेका हुन ।
२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाईमा अवसर दिए ।

उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाएका छन् । नेपालका लागि विमलको यो नवौँ गोल हो । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू