काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।
सरकारले गठबन्धन दलसँग मात्र नभएर निर्वाचन आयोगसँग छलफल गरेर मिती तय गर्नुपर्ने उनको भनाई छ । उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएको भन्दै स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमा भित्रमा नै हुनुपर्नेमा जोड दिएका हुन् ।
केन्द्रीय सदस्य डा कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नका समेत सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्