Ads

राष्ट्रिय समावेशी आयोगलाई ज्ञापन पत्र : मधेशी जातजातिलाई खसआर्य सुचिबाट हटाउन माग


काठमाडौँ । मधेशी जातजातिलाई खसआर्य सुचिबाट हटाउन माग गर्दै आज(आइतबार) राष्ट्रिय समावेशी आयोगलाई ज्ञापन पत्र बुझाइएको छ ।

खस आर्यको सूचिमा मधेशी जातजातीहरुलाई पनि समावेश गरेर सूचि तयार गरेकोप्रति आपत्ति जनाउदै जिल्ला प्रशासन कार्यालय कपिलबस्तु मार्फत राष्ट्रिय समावेशी आयोगलाई ज्ञापन पत्र बुझाइएको हो । मिति २०७८ पौष ८ गते आयोगले प्रकाशन गरेको सूचिमा मधेशका तिवारी, पाठक, बनियाँ, राय, यादव, ब्रम्हण, गुप्ता, मण्डल, पाण्डेय, महारा, श्रीवास्तव, चौहान, मेहता, रावत लगायतका जातजातीलाई खस आर्यभित्र समावेश गरिएको थियो ।

मधेशी समुदायका बहुसंख्यक जातजातिलाई मधेशीको सूचिबाट हटाएर अल्पसंख्यक बनाउने र सरकारको हरेक निकायमा आरक्षण हटाइ खस आर्यकै आरक्षण अभिबृद्धि गरी मधेशी समुदायमाथि घात गर्ने बदनीयतका साथ यस्तो सूचि आएको हुन सक्ने अनुमान गर्दै तत्काल यसलाई खारेजीको माग गरेर प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ता नेतृत्वको टोलीले प्रजिअ चक्रपाणी पाण्डेलाई उक्त ज्ञापन पत्र बुझाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू