Ads

राष्ट्रियसभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित


काठमाडौं । राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगति भएको छ ।

यसअघि माघ १७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाकाअनुसार विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, “विशेष कारबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभए सम्मका लागि उक्त बैठक स्थगित गरिएको छ ।”

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिनपछि सारिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू