काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् ।
लिङदेनले पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुमा पनि उनले जिम्मेवारी बाँडफाँड गरेका छन् ।
उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनित भएका छन् । यस्तै महामन्त्रीमा ओखलढुगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई नियुक्त गरिएको छ ।
४ जना प्रवक्तामा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल छन् ।
हेर्नोस सूची
प्रतिक्रिया दिनुहोस्