Ads

निर्वाचनको मिति तत्काल घोषणा गर्न लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठनको माग


काठमाडौँ । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले आज(सोमबार) एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकार समक्ष माग गरेको छ ।

सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले विज्ञप्ति जारी गरेर २०७९ साल जेठ ७ गते अगावै संविधान सम्भत ढंगले निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक प्रणाली र पद्धतीलाई सुदृढ गर्न माग गरेका छन् । उनले संविधान र लोकतन्त्रको रक्षाका लागी अनागरिकको सेवा सुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दा समेत सरकारले निर्वाचन मिति घोषणा गर्न नसकेकोप्रति ध्यानाकर्षण गराएको बताएका हुन् ।

सङ्गठनले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा अपाङ्गता भएका व्यक्ती पनि समावेश हुने गरी संशोधन गर्न माग गरेको छ । कानुन विद, बुद्धिजिवी, राजनितीक दल, सञ्चार माध्यम लगायतले समयमा नै स्थानियतहको निर्वाचन गर्ने राखेको माग प्रति एक्यबद्धता जनाउदै समयमानै स्थानिय तहको निर्वाचन गर्न संगठनले जोडदार माग गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू